Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ट्रम्पले भन्सार शुल्क ५० प्रतिशत पुर्‍याएपछि मोदी भन्छन्–किसानको हितका लागि जस्तोसुकै मूल्य चुकाउन तयार छु

ट्रम्पले भन्सार शुल्क ५० प्रतिशत पुर्‍याएपछि मोदी भन्छन्–किसानको हितका लागि जस्तोसुकै मूल्य चुकाउन तयार छु

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किसानको हितलाई सर्वोच्च प्राथमिकतामा राख्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतमाथि २५ प्रतिशत अतिरिक्त ट्यारिफ (भन्सार शुल्क) लगाउने घोषणा गरेपछि मोदीले किसानको हितविपरीत कुनै सम्झौता नहुने बताएका हुन् ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा मोदीले व्यक्तिगत रूपमा ठूलो मूल्य चुकाउनुपरे पनि त्यसको लागि आफू तयार भएको बताए ।

भारतले अमेरिकी कृषि उत्पादनका निम्ति आफ्नो बजार खुला गर्न मानेको छैन । यही कारण भारत र अमेरिकाबीच व्यापार सम्झौता हुन सकेको छैन । सम्झौता नहुँदा अमेरिकाले भारतमाथि हाल ५० प्रतिशतसम्म कर लगाएको छ ।

ट्रम्पले बुधबार भारतमाथि २५ प्रतिशत अतिरिक्त आयातकर लगाउने घोषणा गरेका थिए ।

भारतले आफ्ना किसानलाई जोगाउन आयातमा शून्यदेखि १५० प्रतिशतसम्म भन्सार शुल्क लगाउँदै आएको छ ।

दिल्लीस्थित थिंक ट्यांक ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जीटीआरआई)का अनुसार, भारतमा अमेरिकी कृषि उत्पादनमाथि औसत ३७.७ प्रतिशत कर लगाइन्छ । जबकि, अमेरिकामा भारतीय कृषि उत्पादनमाथि ५.३ प्रतिशत मात्र भन्सार शुल्क लगाइने गरेको छ ।

ट्रम्पले सबै व्यापारिक साझेदार देशहरूलाई १ अगस्टसम्म व्यापार सम्झौता गर्न समयसीमा दिएका थिए । यदि, यो मितिसम्म सम्झौता नभए, अमेरिकाले ती देशहरूमाथि उच्च पारस्परिक कर लगाउन सुरु गर्ने बताएका थिए । बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077