Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्यानडामा कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार

क्यानडामा कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार

बिहिवार , श्रावण २२, २०८२

एजेन्सी । क्यानडाको सरे सहरस्थित भारतीय हास्य कलाकार कपिल शर्माको क्याफे 'क्याप्स क्याफे' फेरि गोली प्रहार भएको छ । यो एक महिनाभित्र दोस्रोपटक सो क्याफेलाई लक्षित गरी आक्रमण भएको हो ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओमा एक कारभित्र रहेका व्यक्तिहरूले कपिलको क्याफेतर्फ गोली प्रहार गरिरहेको दृश्य देखिन्छ। भागदौड र त्रासपूर्ण वातावरण देखिएको भिडियोले घटनाको गम्भीरता उजागर गरेको छ।

क्याफेमा आक्रमण भएको केहीबेरमै गोल्डी ढिल्लन नामक आपराधिक समूहले सार्वजनिक रूपमा घटनाको जिम्मेवारी लिएको छ।

उसले आफ्नो एक अनलाइन पोस्टमार्फत भनेको छ – “सबै दाजुभाइलाई राम राम.. गोल्डी ढिल्लन र लरेन्स बिश्नोई गिरोहले आज सरेको कपिल शर्माको क्याप्स क्याफेमा भएको गोलीबारीको जिम्मेवारी लिन्छ।”

गोल्डी ढिल्लनले आफू भारतको कुख्यात लरेन्स बिश्नोई गिरोहसँग आबद्ध रहेको दाबी पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077