Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

उत्तरकाशी बाढीमा १७ जनाभन्दा बढी नेपाली बेपत्ता भएको खबरले प्रधानमन्त्री चिन्तित

उत्तरकाशी बाढीमा १७ जनाभन्दा बढी नेपाली बेपत्ता भएको खबरले प्रधानमन्त्री चिन्तित

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लामा पर्ने खिरगंगा नदीमा मंगलबार दिउँसो आएको बाढीले ठुलो जनधनको क्षति पुगेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् । उनले यस बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक बेपत्ता भएको खबरले चिन्‍तित तुल्याएको बताए ।

यस्तै ओलीले उनीहरूको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएको जानकारी दिए। बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना प्रधानमन्त्री ओलीले गरेका छन्।

'छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ,' उनले लेखेका छन्, 'उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको थियो। बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077