Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गाजा शहर कब्जा गर्ने नेतान्याहूको योजना सुरक्षा मन्त्रिपरिषद्‌बाट अनुमोदन

गाजा शहर कब्जा गर्ने नेतान्याहूको योजना सुरक्षा मन्त्रिपरिषद्‌बाट अनुमोदन

शुक्रवार , श्रावण २३, २०८२

एजेन्सी । इजरायलको सुरक्षा मन्त्रिपरिषद् बैठकले गाजा शहर नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको छ ।

शुक्रबार बिहानसम्म चलेको सुरक्षा मन्त्रिपरिषद्ले बैठकले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजा शहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको हो ।

समाचारअनुसार अब इजरायल रक्षा बल (आईडीएफ) ले युद्ध क्षेत्र बाहिरका नागरिक जनसंख्यालाई मानवीय सहायताको प्रावधान सुनिश्चित गर्दै गाजा शहर कब्जाको लागि तयारी गर्नेछ ।

इजरायली प्रधानमन्त्री नेतान्याहूले सम्पूर्ण क्षेत्रमाथि पुनः नियन्त्रण लिने र अन्ततः हमासको विरोधी मित्रवत अरब सेनालाई हस्तान्तरण गर्ने योजना बनाएको घोषणा गरेका थिए । त्यसपछि बसेको सुरक्षा मन्त्रिपरिषद्को रातभरको बैठकले उनको योजना अनुमोदन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077