Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कम्बोडियाद्धारा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन घोषणा

कम्बोडियाद्धारा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन घोषणा

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं । कम्बोडियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेको घोषणा गरेका छन् ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले फेसबुक पोस्टमार्फत ट्रम्पको कूटनीतिको प्रशंसा गर्दै कम्बोडिया र थाइल्यान्डबीचको सीमा विवाद शान्त भएको बताए ।

यस्तै जुलाई २६ मा ट्रम्पको फोन वार्तापछि जुलाई २८ मा मलेसियामा युद्धविराम भएको थियो । पाँच दिनको उक्त द्वन्द्वमा ४३ जनाको मृत्यु भएको थियो । तीन लाखभन्दा बढी व्यक्ति विस्थापित भएका थिए ।

पाकिस्तान र इजरायलका प्रधानमन्त्रीले यसअघि नै ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिसकेका छन् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077