Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एएफसी यू–२० महिला एसियन कपः पेनाल्टिमा चुकेपनि साउदीविरुद्ध नेपाल विजयी

एएफसी यू–२० महिला एसियन कपः पेनाल्टिमा चुकेपनि साउदीविरुद्ध नेपाल विजयी

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ ।

भुटानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई १—० गोल अन्तरले पराजित गर्‍यो ।

नेपालको जितमा सुकृया मियाले निर्णायक गोल गरिन् । उनले खेलको ९०औं मिनेटमा गोल गरेकी हुन् ।

खेलमा नेपालले पेनाल्टी पाए पनि मीना देउवाको पेनाल्टी पोलमा ठोक्किएर फर्किएपछि खेलमा अग्रता लिन सकेको थिएन ।

९० मिनेटमा गोल गरिसकेपछि थपिएको ३ मिनेटमा कुनै गोल नभएपछि नेपाल विजयी भएको हो ।

यसअघि पहिलो खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077