Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

रास्वपाले हस्ताक्षर अभियानलाई संगठन निर्माणसँग जोड्ने

रास्वपाले हस्ताक्षर अभियानलाई संगठन निर्माणसँग जोड्ने

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशमा रहेका नेपाली नागरिकहरूका लागि मताधिकारको व्यवस्था गर्न अभियान नै चलाउने भएको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सरकार र सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रवक्ता मनीष झाका अनुसार पार्टी सभापति रवि लामिछानेका विषयमा भइरहेको हस्ताक्षर अभियानलाई संगठन निर्माणका गतिविधिसँग प्रभावकारी बनाएर लैजाने निर्णय बैठकले गरेको छ ।

उनले शुक्रबारसम्म ३२ लाख ६ हजार ६०८ हस्ताक्षर संकलन भएको छ । ६२ लाख १६ हजार ६६९ सहयोग रकम उठेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077