Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनपीएलको मिनी अक्सन आज

एनपीएलको मिनी अक्सन आज

शनिवार , श्रावण २४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि आज अक्सन हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आज दिउँसो तीन बजेदेखि खेलाडी छनोटका लागि मिनी अक्सन सुरु हुनेछ ।

क्यानको खेलाडी दर्तामा ४५८ जनाले नाम दर्ता गराएका थिए। एनपीएलका ८ फ्रेन्चाइच टिमले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार अक्सनका लागि एक सय ५० जना खेलाडी छनोट भएका छन् । यसबाट ३७ खेलाडीमाथि बोली लाग्ने छ ।

खेलाडीलाई श्रेणी ‘ए’, ‘बी’ तथा ‘सी’ मा विभाजन गरिएको छ । टिमहरुले आवश्यकताअनुसार जुनसुकै ग्रेडको खेलाडी पनि खरिद गर्नसक्ने क्यानले जनाएको छ । तीव्र प्रतिस्पर्धामा चितवन राइनोज, विराटनगर किंग्स, लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स छन् ।

गत वर्ष भएको पहिलो सिजनको अक्सनमा एउटा टोलीले मार्कीबाहेक कम्तीमा ६५ लाख र बढीमा ९० लाख रुपैयाँ खर्च गर्न पाउने प्रावधान थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077