एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार अमेरिकी राज्य अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने भएका छन् ।
डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो र रुसी राष्ट्रपति पुटिनको भेटवार्ता अर्को शुक्रबारमा अलास्काको ग्रेट स्टेटमा हुने जानकारी दिएका हुन् ।
अलास्कामा भ्लादिमिर पुटिनसँगको भेटवार्ताको घोषणापछि रुसी राष्ट्रपतिका सहायक युरी उशाकोभले भने,‘रूस र अमेरिका नजिकका छिमेकी हुन्। यसले एकअर्कासँग सीमा साझा गर्छन्। दुई देशका नेताबीचको महत्त्वपूर्ण र अपेक्षित शिखर सम्मेलन अलास्कामा हुनु राम्रो हो।’
युरी उशाकोभका अनुसार अलास्का पछिको अर्को शिखर सम्मेलन मस्कोमा हुन सक्छ। उनले यसका लागि निमन्त्रणा पहिले नै पठाइएको बताए। भेटमा युक्रेन र रुस युद्धका विषयमा छलफल हुने जनाइएको छ ।