Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पूर्व गृहमन्त्री रावलको प्रश्न - धनगढी कारागारमा असुरक्षा किन ?

पूर्व गृहमन्त्री रावलको प्रश्न - धनगढी कारागारमा असुरक्षा किन ?

शनिवार , श्रावण २४, २०८२

धनगढी । कैलाली जिल्लाको धनगढी कारागारमा कैदीबन्दीबीच बारम्बार झडप हुने र मानिसको मृत्यु हुने घटना बढ्दै गएपछि सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठ्न थालेका छन् ।

२४ घण्टा सुरक्षा निकायको निगरानीमा रहेको र प्रशासनकै जिम्मेवारीमा रहेको कारागारमा बारम्बार हुने अशान्ति र असुरक्षाले स्थानीय तथा राष्ट्रिय स्तरमा चिन्ता बढाएको हो ।

मातृभुमि जागरण अभियान नेपालका संयोजक तथा पूर्व गृहमन्त्री भीम रावलले धनगढी कारागारमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै गठबन्धन सरकारको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमा लेखेका छन्, 'कारागार २४ सै घण्टा सुरक्षा निकायको निगरानीमा हुने र सुरक्षाको जिम्मेवारी प्रशासनको हुन्छ । तर धनगढी कारागारमा असुरक्षा किन ? गठबन्धन सरकार के गर्दै छ ?'

बिहीबार राति कैदीबन्दीबीच कुटाकुट हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको छ भने ४७ जना घाइते छन् । मृतक ४० वर्षीय चौधरी लागुऔषधि मुद्दामा थुनामा थिए । उनको शव सोही अस्पतलाको शवगृहमा राखिएको छ ।

दुई समूहबीच भएको झडपमा घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ‘ए’ ब्लक र ‘बी’ब्लकका कैदीहरूको समूहबीच झगडा भएको बताइएको छ।

यो विषयले स्थानीय प्रशासन तथा सुरक्षा निकायको कार्यक्षमतामा व्यापक आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077