Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

विद्युत् आयात घटाउँदै लगेका छौँ : प्रधानमन्त्री ओली

विद्युत् आयात घटाउँदै लगेका छौँ : प्रधानमन्त्री ओली

शनिवार , श्रावण २४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई रु साढे ४ अर्ब फाइदा भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालले विद्युत्मा यो वर्ष साढे ४ अर्ब फाइदा भएको बताएका हुन् ।

उनले लेखेका छन्-'हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ । हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ।'

ओलीले विगतमा आम प्रयोगमा विद्युत्भार कटौती हटे पनि उद्योगमा विद्युत् कटौती गरिँदै आएकामा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077