Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

 गर्लफ्रेन्ड–ब्वाइफ्रेन्डको कुराकानीसम्म सरकारको पहुँच स्वीकार्य हुँदैन : विश्वप्रकाश शर्मा

 गर्लफ्रेन्ड–ब्वाइफ्रेन्डको कुराकानीसम्म सरकारको पहुँच स्वीकार्य हुँदैन : विश्वप्रकाश शर्मा

शनिवार , श्रावण २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अनुसन्धानका नाममा सरकारलाई नागरिकको ‘बेडरुम’सम्म पुग्ने अधिकार नभएको बताएका छन्।

सरकारले ल्याएको ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदाप्रति आपत्ति जनाउँदै सांसद शर्माले फोन संवाद सुन्नु, रेकर्ड गर्नु व्यक्तिको गोपनीयताको हक हननको विषय भएको टिप्पणी गरे।

उनले भनेका छन्–‘यो विधेयक नागरिकको आफ्नो स्वतन्त्र ढंगले व्यवहार गर्ने विषय दुरुपयोग हुने र व्यक्तिगत स्वतन्त्रता हनन गर्ने, व्यक्तिगत स्वतन्त्रतामा सरकारले हस्तक्षेप गर्ने, गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डको कुराकानीसम्म पनि सरकारको पहुँच देखियो । नेपालको संविधानले दिएको गोपनीयताको हकबमोजिम त दुरुपयोग हुनसक्ने अवस्था देखियो। यसमा सबैको ध्यानाकर्षण हुनुपर्छ।’

संविधान प्रतिकूल व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप पुग्नेगरी सरकारले गर्ने कार्य बिल्कुलै स्वीकार्य नहुने भन्दै उनले भने–‘व्यक्तिको गोपनीयताको हकको सन्दर्भमा सरकारले व्यक्तिको आँगनसम्म पुग्ने हो, बेडरुमसम्म होइन।’

कांग्रेस महामन्त्री शर्माले २०७६ केपी शर्मा ओली नै प्रधानमन्त्री भएका बेला यस्तै कानून ल्याउन खोज्दा धेरै विरोध भएपछि पछि हटेको स्मरण गर्दै अहिले फेरि उनै प्रधानमन्त्री रहेका बेला त्यस्तो विधेयक ल्याइन खोज्दा शंका लागेको पनि बताए।

उनले भने–‘२०७६ सालमा यस्तै कानून प्रस्तावित हुँदै गर्दा विरोध गर्दा बोलेको थिएँ। अहिले फेरी त्यही चिजलाई नयाँ कागजमा टाइप गरेर प्रस्तावित गरेको छ। यसमा गम्भीर पुर्नविचार गर्नुपर्छ ।’

शर्माले व्यक्तिको फोन संवाद सुन्नु, रेकर्ड गर्नु भनेको व्यक्तिको गोपनीयताको हकको सरकारले नै हनन गर्ने अवस्था भएको तर्क गरे । नागरिकलाई सुरक्षा दिन्छु भन्ने सरकारले निगरानी गर्ने बद्नियत राख्ने अवस्था बनाउनु निन्दनीय रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077