काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुरले जनताले चाहेमा अहिलेको सत्ता एकैछिनमा ढल्ने बताएका छन् ।
संघीय लोकतान्त्रिक मोर्चाले कैलालीमा आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाबारे ‘जागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने- 'अधिकार र पहिचानको निम्ति थारु र मधेशीका सयौं सपुतहरुले बलिदानी दिए तर हामीले अधिकार पाएनौं।'
ठाकुरले भने- 'जनताले अस्वीकार गरेर राजतन्त्र ढल्न सक्छ भने अहिलेको शासन सत्ता पनि जनताले चाह्यो भने एकछिनमा ढालिदिन सक्छ ।'
देशमा संघीयता आए पनि अधिकार भने नपाएको भन्दै आफूहरूले बनाएको मोर्चा सोही अधिकार प्राप्तिका लागि संघर्ष गर्नका लागि बनेको उनको भनाइ छ ।
कैलालीको कार्यक्रमको समन्वयको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीले लिएको छ ।
मोर्चाको आगामी कार्यक्रम भदौ १६ गते विराटनगरमा जसपा नेपालको समन्वयमा हुने छ ।