काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि खेलाडीको अक्सन सुरु भएको छ ।
अक्सन केहीबरे अघिबाट ललितपुरस्थित रोयल टुलिपमा सुरु भएको हो । अक्सनका लागि क्यानले १५० खेलाडीको समावेश छन्।
एनपिएलमा सहभागी आठ टोलीले चाहेका र क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार ती खेलाडीलाई अन्तिम सूचीमा राखिएको क्यानले जनाएको छ।
अक्सनमा समावेश खेलाडीलाई विभिन्न श्रेणीमा बाँडिएको छ । श्रेणी ‘ए’ मा आठ खेलाडी छन् । जसमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषवाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन्।
यस्तै श्रेणी ‘बी’ मा अनिल खरेल, अर्जुन कुमाल, दीपक बोहरा, कृष्ण कार्की, प्रज्वल थापालगायत ३५ खेलाडी छन्। यस्तै श्रेणी ‘सी’ मा १०७ खेलाडी छन् ।