काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका निम्ति जारी अक्सनमा देव खनाललाई चितवन राइनोजले अनुबन्ध गरेको छ ।
शनिबार ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा लुम्बिनी लायन्स र चितवन राइनोजले ‘ए’ क्याटागोरीका देवका निम्ति अधिकतम बोली १५ लाख रुपैयाँ लगाएका थिए ।
त्यसपछि देवका निम्ति लक्की ‘ड्र’ गरिएको हो । लक्की ‘ड्र’मा चितवन भाग्यमानी बन्यो ।
देव राष्ट्रिय टिमबाट समेत खेलिसकेका खेलाडी हुन् ।