काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि जारी अक्सनमा विकेटकिपर ब्याटर दिलीप नाथलाई लुम्बिनी लायन्सले अनुबन्ध गरेको छ ।
शनिबार ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा ‘ए’ क्याटागोरीका दिलीपलाई १० लाख रुपैयाँमा अनुबन्ध गरिएको हो ।
उनी राष्ट्रिय टिमबाट समेत खेलिसकेका खेलाडी हुन् ।
दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा छन् ।