काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले रुपन्देही–३ मा हुने उपनिर्वाचन आफ्नो मोर्चाले जसरी पनि जित्नुपर्ने बताएका छन् ।
संघीय मोर्चाले कैलालीमा आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाबारे ‘जनजागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
साथै, संघीय लोकतान्त्रिक मोर्चाका लागि परीक्षा भएको बताए ।
चौधरीले भने- 'यसपालि रुपन्देहीमा हुने उपनिर्वाचन मोर्चाको परीक्षा हो। यो निर्वाचन हामीले जसरी पनि जित्नुपर्ने छ ।’
कैलालीको कार्यक्रमको समन्वयको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीले लिएको थियो ।
मोर्चाले देशव्यापी रुपमा जनजागरण अभियान सञ्चालन गरिरहेको छ ।
मोर्चाको आगामी कार्यक्रम भदौ १६ गते विराटनगरमा जसपा नेपालको समन्वयमा हुने छ ।