काठमाडौं । नेपाल प्रिमियर लिग सिजन-२ का लागि जारी अक्सनमा नेपाली राष्ट्रिय टिममा ब्याटर पवन सरार्फ कर्णाली याक्समा आबद्ध भएका छन् ।
क्याटगोरी ए का खेलाडी पवन सरार्फ कर्णाली याक्समा आबद्ध भएका हुन् । ४ टिमले अधिकतम मूल्य १५ लाखमा लक्की कर्णाली याक्समा आबद्ध भएका छन्।
लुम्बिनी लायन्स, कर्णाली याक्स, विराटनगर किंग्स र चितवन राइनोजबिच लक्की ड्र मा कर्णालीले जितेको हो । हालसम्म यो अक्सनमा बिक्री हुने पवन १० औं खेलाडी हुन् ।
इन्जुरीका कारण पवनले पहिलो सिजनको एनपीएल खेल्न पाएका थिएनन् ।