Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पोखरामा अवैध सुन–चाँदी कारोबारमा संलग्न ११ भारतीय नागरिक पक्राउ

पोखरामा अवैध सुन–चाँदी कारोबारमा संलग्न ११ भारतीय नागरिक पक्राउ

शनिवार , श्रावण २४, २०८२

पोखरा । कास्की प्रहरीले ६ किलो ४ सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेकाको साथबाट ४ सय ४४ तोला चाँदी र नगद ५ लाख १४ हजार ६ सय ६५ रुपैयाँ समेत बरामद गरिएको हो ।

पक्राउ पर्नेहरूमा ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ३८ वर्षीय उज्वल भोमिक, ४० वर्षीया सुनिता पवार, ४५ वर्षीय मनिक लाल आदत, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३५ वर्षीय सन्दीप ढाप, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षीय गोविन्द दिण्डा र ४९ वर्षीय प्रोभास माझी रहेका छन् ।

उनीहरु महाराष्ट्र, कोलकाता र पश्चिम बङ्गालका रहेको प्रहरीले जनाएको छ । उनीहरु लामो समयदेखि पोखरामा सुनचाँदी कालिगढका रूपमा कार्यरत थिए ।

बरामद गरिएको सुन, चाँदी र नगदसहित पक्राउ परेकाहरुलाई आवश्यक कारबाही र थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने प्रहरीले जनाएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077