Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आज गाईजात्रा पर्व मनाइँदै, वाग्मती प्रदेशमा सार्वजनिक बिदा

आज गाईजात्रा पर्व मनाइँदै, वाग्मती प्रदेशमा सार्वजनिक बिदा

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । वाग्मती प्रदेशका केही जिल्लामा आज गाईजात्रा पर्व मनाइँदै छ ।

नेवार समुदायका मानिसले एक वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा हरेक साल भाद्र कृष्ण प्रतिपदाका दिन यो जात्रा मनाउने गरेका छन् ।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा यस दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो क्षेत्रमा परिक्रमा गराउने चलन छ ।

यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोकलगायत नेवार समुदाय बाहुल्य क्षेत्रमा यो पर्व मनाउने गरिन्छ ।

यसै अवसरमा वाग्मती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077