Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प छ : प्रधानमन्त्री ओली

वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प छ : प्रधानमन्त्री ओली

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खडेरीले आक्रान्त तराईमा वर्षाले हरियाली फर्काउन सफल भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको सङ्कल्प रहेको जानकारी दिए । उनले त्यो दिन पनि टाढा नरहेको सुनाए ।

‘यस वर्षको खडेरीले अन्नको भण्डार मानिने हाम्रो तराईको खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आयो। जहाँ रोपाइँ भयो, त्यहाँ पनि पानीको अभावले रोपो मर्न थालेको थियो,’ उनले लेखेका छन्, ‘पछिल्लो साता हामीलाई प्रकृतिले साथ दिएको छ। वर्षाले फेरि हरियाली फर्काउन थालेको छ।’

उनले यही साउन २३ गतेसम्म मधेस प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको जानकारी दिँदै केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो सपना लहराउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077