Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

काठमाडौं महानगरले गर्‍यो पानीको जारको अनुगमन, एक हप्तामै २७१ जार नष्ट

काठमाडौं महानगरले गर्‍यो पानीको जारको अनुगमन, एक हप्तामै २७१ जार नष्ट

आइतवार , श्रावण २५, २०८२

काठमाडौं। काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीको जारहरूमाथिको अनुगमनलाई तीव्रता दिएको छ ।

बर्खायाममा पानीजन्य रोगहरूको जोखिम बढ्ने हुनाले न्यूनीकरण गर्न महानगरले प्रशोधित पिउने पानीको अनुगमनलाई तीव्रता दिएको हो ।

पछिल्लो एक हप्ताको अवधिमा मात्रै महानगरले विभिन्न क्षेत्रहरूबाट मापदण्ड विपरीतका २७१ वटा जार बरामद गरी नष्ट गरिएको महानगर प्रहरी बलले जनाएको छ ।

यस्तै असार र साउन महिनामा मात्रै १३९ वटा गाडीको जाँच गर्दा ४५६ वटा फोहोर, कुच्चिएका र मापदण्ड नपुगेका जारहरू बरामद गरी नष्ट गरिएको महानगरले जनाएको छ ।

चालु आर्थिक वर्ष सुरु भएयता महानगरले महानगरपालिकाले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु, कोटेश्वर लगायतका स्थानमा अनुगमन गरेको कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले बताए ।

अनुगमनका क्रममा महानगरले पानी उत्पादक कम्पनीहरूलाई मापदण्ड विपरीतका जारमा पानी बिक्री नगर्न, जारमा उत्पादन मिति र कम्पनीको स्पष्ट लेबल राख्न, बिल–बिजक साथमा लिएर हिँड्न र पानीको गुणस्तरमा संवेदनशील हुन कडा समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077