Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

लैंगिक संवेदनशीलता समग्र सामाजिक रुपान्तरणको महत्त्वपूर्ण विषय हो : देउवा

लैंगिक संवेदनशीलता समग्र सामाजिक रुपान्तरणको महत्त्वपूर्ण विषय हो : देउवा

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलताको मुद्दा कुनै एउटा राजनीतिक दल विशेषको मात्रै नभएको बताएका छन् ।

आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले लैंगिक संवेदनशीलताको विषय समग्र सामाजिक रुपान्तरणको एक महत्त्वपूर्ण विषय भएको बताए ।

उनले भने–‘लैंगिक संवेदनशीलता कुनै विशेष दलको मात्रै होइन । यो समग्र सामाजिक रुपान्तरणको एक महत्त्वपूर्ण विषय पनि हो । हामी सबै यो विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिन्छ ।’

लोकतान्त्रिक समाजवादसँग आबद्ध दलहरू, राजनीतिज्ञहरू, सामाजिक आन्दोलनकाबीच समन्वय र सहकार्यको माध्यमबाट प्रभावशाली वैकल्पिक राजनीतिक धारको निर्माण गर्न सकिने सभापति देउवाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077