Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेस प्रतिबद्ध छ : शेरबहादुर देउवा

महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेस प्रतिबद्ध छ : शेरबहादुर देउवा

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महिलाको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला’ कार्यक्रममा सम्बोधन गर्दै उनले संविधानमा नै महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने, समावेशिता र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेस प्रतिबद्ध भएको बताएका हुन् ।

उनले भने- 'राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय तहसम्म महिलाको उपस्थिति सुनिश्चित गर्ने संविधान कांग्रेसको नेतृत्वमा संविधानसभाबाट जारी भएर कार्यान्वयनमा छ।'

२०१५ सालमा कांग्रेसको नेतृत्वमा बनेको सरकारले प्रथम महिला मन्त्रीको रुपमा द्वारीकादेवी ठकुरानीलाई मन्त्री बनाएको समेत देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077