Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

भूमि विधेयकमाथिको छलफल : सांसदहरूमाथि बखेडा झिकेको मन्त्री अधिकारीको आरोप

भूमि विधेयकमाथिको छलफल : सांसदहरूमाथि बखेडा झिकेको मन्त्री अधिकारीको आरोप

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी भूमिसम्बन्धी विधेयकमाथिको दफावार छलफलमा सांसदहरूले बखेडा झिकेको आरोप लगाएका छन् ।

आज सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा मन्त्री अधिकारीले सांसदहरूले पूर्व सहमतिबाट पछि हटेर अनावश्यक विवाद सिर्जना गर्न खोजेको आरोप लगाएका हुन् ।

विधेयकको केही प्रावधानमा सांसदहरूले फेरि प्रश्न उठाएकोप्रति उनले आपत्ति जनाए। सिरानको विषयलाई पुछारको विषयसँग जोडेर विवाद सिर्जना नगर्न समेत उनले आग्रह गरे।

उनले भने–‘सिरानको विषयमा छलफल भएको छ। पुछारको कुरा जोडिदिएको छ। यस्तो गरेर यो विधेयकको टुंगो पनि लाग्दैन र हामी सबल पनि देखिदैनौं। यो कुराहरूमा माननीयज्यूहरूको ध्यान जान जरुरी छ। के–के कुरा गर्ने र के–के कुरा नगर्ने भन्ने विषय हामीले अस्तिको छलफलमा टुंग्याइसकेका छौं। त्यसका आधारमा सम्बन्धित पक्षले एउटा प्रस्ताव लिएर आउनुहोस् भनेको आधारमा आएको विषय नै सरकारले लिएर आएको छ। अस्वीकार गर्ने र आज आएर भएन भनेर फेरि अर्को प्रश्न खडा गर्ने कुराले व्यवस्थित छलफल भएको भन्ने बुझिन्न।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077