Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कैलाली कारागारको अवस्था सामान्य बनेपछि मुख्यमन्त्री शाहको चासो

कैलाली कारागारको अवस्था सामान्य बनेपछि मुख्यमन्त्री शाहको चासो

आइतवार , श्रावण २५, २०८२

कैलाली । शुक्रबार मध्यरातमा भएको रक्तपातपूर्ण झडपपछि सामान्य बन्दै गएको कैलाली जिल्ला कारागारको अवस्थाप्रति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अन्ततः सक्रियता देखाएका छन् ।

घटना भएको करिब ४० घण्टापछि आइतबार साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सुरक्षा संयन्त्रको बैठक डाकिएको हो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी, तीनै तहका सुरक्षा निकायका प्रमुख तथा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरू सहभागी थिए । बैठकमा कैलाली कारागारमा उत्पन्न विवाद, सुरक्षाको कमजोरी र भविष्यमा यस्ता घटना रोकथामका उपायबारे छलफल भएको बताइएको छ ।

‘सुरक्षा संवेदनशील स्थल’ मानिने कारागारमै भीषण झडप हुँदा पनि मुख्यमन्त्रीले तत्काल चासो नदिएको भन्दै आलोचना भएको थियो । आइतबार दिउँसो मानव अधिकार आयोगको टोलीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थलको निरीक्षण गरेपछि मात्रै बैठक बसेको हो।

मानव अधिकार आयोग सुदूरपश्चिम प्रमुख प्रकाश भट्टले बैठकमा कारागारको वास्तविक अवस्था, कैदीबन्दीको गणना र व्यवस्थापनका चुनौतीबारे विस्तृत जानकारी दिएका थिए । आयोगको गणनाअनुसार १५० जनाको क्षमता भएको कारागारमा हाल ७०० कैदीबन्दी छन् र घटनापछि पनि सबैको संख्या मिलेको छ ।

शुक्रबार राति ब्लक ‘ए’ र ब्लक ‘बी’ का कैदीबन्दीबीचको कुटपिटमा एक जनाको मृत्यु र ४८ जना घाइते भएका थिए । घाइतेमध्ये एक जनालाई गम्भीर अवस्थामा उपचारका लागि रेफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077