Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कैलाली कारागार झडप : मृतक चौधरीको परिवारलाई ५ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

कैलाली कारागार झडप : मृतक चौधरीको परिवारलाई ५ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

आइतवार , श्रावण २५, २०८२

धनगढी । कैलाली जिल्ला कारागारमा शुक्रबार राति भएको भीषण झडपमा परी मृत्यु भएका धनगढी–४ का कैदी ३२ वर्षीय भरत चौधरीको परिवारलाई सुदूरपश्चिम सरकारले राहत दिने भएको छ ।

आइतबार साँझ मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा बसेको प्रदेश सुरक्षा समितिको बैठकले मृतक परिवारलाई राहत स्वरुप पाँच लाख दिने निर्णय भएको हो ।

निर्णय अनुसार मृतक चौधरीका परिवारलाई प्रदेश सरकारमार्फत पाँच लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ भने घाइते सबैको उपचार सरकारी खर्चमा हुनेछ ।

कारागारभित्र हेलोजन लाइट र सीसी क्यामेरा तत्काल जडान, छाना मर्मत, आवश्यक उपकरण आपूर्ति र कारागार प्रशासनसँग समन्वयमा सुरक्षात्मक उपाय कार्यान्वयन गरिनेछ । साथै कारागार भित्र जाने खाद्यान्न तरकारी तथा अन्य वस्तुको निगरानी र चेकजाँच बढाउन कारागार प्रशासन र सुरक्षाकर्मीहरुलाई प्रमुख जिल्ला अधिकारीमार्फत निर्देशन दिने निर्याय भएको छ ।

कारागार सुरक्षार्थ खटिने सुरक्षाकर्मीहरुलाई तीन-तीन महिनामा अदली बदली गर्ने व्यवस्था मिलाइने पनि निर्णय भएको प्रदेश सुरक्षा समिति सदस्य सचिव आमोद दाहालले जानकारी दिए ।

कैलाली कारागारको क्षमता १७५ भए पनि हाल ६९९ कैदी राखिएको अवस्थालाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिइँदै कैदी संख्या व्यवस्थापनका लागि कारागार विभागसँग समन्वय गरिने पनि निर्णय भएको छ ।

यीसँगै सुदूरपश्चिम प्रदेश सरकारले कारागार सुरक्षा र संरचना सुधारका लागि ११ बुँदे निर्णय सार्वजनिक गरेको छ । गत शुक्रबार राति कारागारभित्र कैदीबन्दीबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु र ४८ जना कैदीहरु घाइते भएका थिए । झडपमा धनगढी–४ का कैदी ३२ वर्षीय भरत चौधरीको मृत्यु भएको थियो ।

४८ जना घाइतेमध्ये एक गम्भीर अवस्थाका कैदीलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने बाँकीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077