एजेन्सी । गाजा सहरको अल–शिफा अस्पतालनजिकै भएको इजरायली हमलामा चारजना पत्रकार मारिएका छन् ।
अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा बसिरहेका बेला उक्त ठाउँलाई निशाना बनाएर गरिएको आक्रमणमा उनीहरू मारिएका हुन् ।
मारिने पत्रकारहरूमा रिपोर्टर अनस अल–शरीफ, मोहम्मद क्रेइकेह तथा क्यामेराम्यान इब्राहिम जाहेर र मोहम्मद नोउफल रहेको अलजजिराले जनाएको छ ।
दुई हप्ताअघि अलजजिराले इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) को गाजामा कार्यरत आफ्ना पत्रकारहरू, विशेषगरी अल–शरीफमाथि उक्साहटको अभियान चलाएको भन्दै निन्दा गरेको थियो ।