काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आफ्नो नियन्त्रणमा रहेका २१ वटा चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन लिलामी बिक्रीमा राखेको छ ।
समितिले आज २१ दिने सूचना प्रकाशित गर्दै इच्छुक व्यक्ति वा संस्थालाई तोकिएको शर्तअनुसार शिलबन्दी निवेदन पेस गर्न आह्वान गरेको हो ।
सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषित भई मन्त्रालयमा लेखी आएका सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि, सोही ऐनको दफा १०५ अनुसार समितिको नियन्त्रणमा लिइएका यी सवारी साधन मूल्याङ्कन भई प्रतिवेदन पेश भएपछि बिक्री प्रक्रिया अघि बढाइएको सूचनामा उल्लेख छ ।