Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

नेकपा एसका तीनवटै कमिटीको बैठक मिति सर्‍यो

नेकपा एसका तीनवटै कमिटीको बैठक मिति सर्‍यो

सोमवार , श्रावण २६, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीनवटैै कमिटी बैठकको मिति सरेको छ ।

चाडपर्वको कारणले पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकहरुको मिति सारेको एकीकृत समाजवादीले जनाएको छ ।

अब स्थायी कमिटी बैठक आगामी भदौ २५ गते, पोलिटब्युरो बैठक भदौ २६ गते र केन्द्रीय कमिटी बैठक भदौ २८ गते बस्ने पार्टीले जनाएको छ।

स्थायी कमिटी बैठक र पोलिटब्युरो बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ ।

यसअघि, स्थायी कमिटी बैठक भदौ ४ गते, पोलिटब्युरो बैठक भदौ ५ गते र केन्द्रीय कमिटी बैठक भदौ ७ र ८ गते मिराकल पार्टी भेनु सुकेधारामा बस्ने तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077