Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आमाकै नामबाट नागरिकता दिने व्यवस्थालाई सरलिकृत गरेका छौं  : गृहमन्त्री लेखक

आमाकै नामबाट नागरिकता दिने व्यवस्थालाई सरलिकृत गरेका छौं  : गृहमन्त्री लेखक

सोमवार , श्रावण २६, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न  नागरिकता ऐन संशोधन गर्न लागिएको बताएका छन्।

आज राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने- 'अहिले हामीले आमाको नामबाट नागरिकता पाउने कुरालाई सरलिकृत गरेका छौं। बुबाको मृत्यु भएको वा जीवितै हुँदा पनि नागरिकता प्राप्तिका लागि सहयोग गर्नुभएको छैन भने आमाकै नामबाट नागरिकता दिने व्यवस्था हामीले व्यवस्था गरेका छौं । बुबा बेपत्ता हुनुहुन्छ वा उहाँले अर्को विवाह गरेर जानुभएको छ भने सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्था गरिएको हो।'

आमाको नामबाट नागरिकता उपलब्ध गराउने विषयमा सर्वोच्च अदालतबाट समेत सरकारको निर्देशकात्मक आदेशका आधारमा सरकारले विधेयक अगाडि बढाएको उनले बताए।

उनले भने- 'सन्तानले विदेशको नागरिकता लिएको छैन भने आमा र सन्तानको दुवैको अधिकार सुरक्षित गर्नको लागि आमाको स्वघोषणाको आधारमा अंगिकृत नागरिकता दिने व्यवस्था गरेका छौ।'

आमाको नामबाट नागरिकता दिँदा आमाले स्वघोषणा गरे मात्रै पनि हुने लेखक बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077