काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार घटेको छ ।
सोमबार नेप्से ०.९७ प्रतिशतले घटेर २८२२.४६ विन्दुमा आएको छ । योसँगै बजार परिसूचक २८२२.४६ अङ्कमा कायम भएको छ ।
नेप्से घट्दा १० अर्ब २१ करोड १ लाख ४२ हजार रुपैयाँ बराबरको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर कारोबार भएको छ ।
आज बजारमा २० कम्पनीको मूल्य बढ्दा २२० कम्पनीको मूल्य घटेका छन् । म्युचुअल फण्ड र अन्य समूह बाहेक सबै समूहका सूचक आज नकारात्मक रहेका छन् ।
विकास बैंक र माइक्रोफाइनान्स समूह आज २ प्रतिशत भन्दा धेरैले घटेको देखिएको छ ।
बजारमा आज रिभर फल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लाग्दा उन्नति सहकार्य लघुवित्त र लिवर्टी इनर्जीको मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेका छन् ।
आज कारोबार रकममा आधारमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स कम्पनी र नेपाल रिइन्स्योरेन्स कम्पनी अगाडि रहेको देखिएको छ ।