काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको नभएर आफैँ भएको बताएका छन् ।
सोमबार च्यासलमा मदन-आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीलाई शपथ खुवाउँदै उनले पार्टी र आन्दोलनप्रति निष्ठाका साथ जन्मिएको बताए ।
ओलीले भने - 'मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन । त्यो आफैँ बनाएको हो । अर्को ढंगले । जतिबेला मदन आश्रित दिवस मनाउन नपाइने स्थिति बन्यो । त्यतिबेला श्रद्धाञ्जलीसभा मनाउन नपाइने स्थिति बन्यो । जन्मदिन मनाउन नपाइने स्थिति बन्यो । पर्सी जन्मदिन छ भने आज विभिन्न विकृतिपूर्ण लेख नेतृत्वबाट लेखिने र प्रकाशित भए ।'
त्यसपछि संस्था बनाउनुपर्यो भनेर आन्दोलनप्रति निष्ठावान मदन स्मृति प्रतिष्ठान जन्मिएको बताए ।
उनले अब भने मदन भण्डारी फाउन्डेसन कसरी जान्छ भन्ने हेर्नुपर्ने भएको बताएका छन् ।
ओलीले भने - 'अब त्यसको आगामी दिनमा के हुन्छ हेर्नुपर्ने अवस्था बनेको छ । आगामी दिनमा कसरी जान्छ भन्ने कुरा हेर्नुपर्ने अवस्था चाहिँ बनेको छ । कसरी जाने हो त्यो अन्योल छ ।'
ओलीले भने- 'कतिपय पार्टीले गर्छ । पार्टी व्यक्तिका हुन्छन् । त्यो हुनुहुँदैन । हाम्रा संस्था सामूहिक हुनुपर्छ । उनले फाउन्डेसन पार्टीको अहितमा प्रयोग गर्न नहुने बताए ।
हाल मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा पूर्वराष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारी छिन्।