काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरि आह्वान भएको हो ।
यो मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा सहसचिवहरूको सरुवासहित केही महत्त्वपूर्ण प्रशासनिक निर्णय हुन सक्ने बताइएको छ ।