सुनसरी । सप्तकोशी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ ।
सोमबार राति ८ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको हो ।
पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले पानीको बहाव बढेको सशस्त्र प्रहरीले जनाएको छ ।
सप्तकोशी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको छ ।