Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

हजारौँ युवाको रगत, पसिना र बलिदानीपूर्ण संघर्षको बलमा सामन्तवादको समूल अन्त्य : प्रचण्ड

हजारौँ युवाको रगत, पसिना र बलिदानीपूर्ण संघर्षको बलमा सामन्तवादको समूल अन्त्य : प्रचण्ड

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पार्टीका सबै अंगमा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने पार्टी माओवादी मात्रै भएको दावी गरेका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना दिँदै उनले युवाको रगत, पसिना र बलिदानीपूर्ण सङ्घर्षको बलमा सामन्तवादको समूल अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएको बताए ।

माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको दावी गर्दै शुभकामना सन्देशमा उनले भनेका छन्–‘युवालाई स्वरोजगारका अवसर सिर्जना गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न र नवप्रवर्तनलाई संस्थागत रूप दिन महत्त्वपूर्ण पहलहरू सुरु गरियो । युवा स्वरोजगार कोषको स्थापना गरेर हजारौँ युवालाई कृषि, उत्पादन र सेवा क्षेत्रमा रोजगारीको अवसर प्रदान गरियो। राष्ट्रिय युवा परिषद् गठन गरेर युवाको हक, अधिकार र सहभागितालाई नीतिगत तथा संस्थागत स्वरूप दिइयो ।’

युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गरेर सीप, तालिम र लगानी पहुँचमार्फत नयाँ पुस्तालाई व्यवसाय सुरु गर्न प्रोत्साहन गर्नुका साथै नवप्रवर्तन गर्ने युवालाई सहयोग गर्न स्टार्टअप प्रोत्साहन अभियान अघि बढाएको पनि उल्लेख गरेका छन्।

शुभकामना सन्देशमा अध्यक्ष दाहालले भनेका छन्–‘मलाई स्वयं आफ्नो युवावस्थामा युवा सङ्घको अध्यक्ष हुँदै पार्टीको सर्वोच्च नेतृत्व गर्ने अवसर प्राप्त भयो ।

ऐतिहासिक जनयुद्धको नेतृत्व गर्दै, हजारौँ युवाको रगत, पसिना र बलिदानीपूर्ण संघर्षको बलमा सामन्तवादको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भयौँ ।

हामीले अगुवाई गरेको बलिदानीपूर्ण संघर्षले मात्र राजनीतिक व्यवस्थामा परिवर्तन ल्याएन, उत्पीडित समुदायका अधिकार सुनिश्चित गर्ने ऐतिहासिक उपलब्धिहरू पनि दिलायो ।

गर्वका साथ भन्न चाहन्छु— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)नै नेपालको एक मात्र यस्तो पार्टी हो जसले पार्टीका सबै अङ्गमा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । यसले युवालाई केवल भविष्यको नेतृत्वको रूपमा होइन, वर्तमानकै निर्णायक शक्ति र परिवर्तनको अग्रदस्ताका रूपमा स्वीकार गरेको छ।’

‘माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको स्मरणीय नै छ । त्यही क्रममा, युवालाई स्वरोजगारका अवसर सिर्जना गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न र नवप्रवर्तनलाई संस्थागत रूप दिन महत्त्वपूर्ण पहलहरू सुरु गरियो ।

युवा स्वरोजगार कोषको स्थापना गरेर हजारौँ युवालाई कृषि, उत्पादन र सेवा क्षेत्रमा रोजगारीको अवसर प्रदान गरियो। राष्ट्रिय युवा परिषद् गठन गरेर युवाको हक, अधिकार र सहभागितालाई नीतिगत तथा संस्थागत स्वरूप दिइयो । युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गरेर सीप, तालिम र लगानी पहुँचमार्फत नयाँ पुस्तालाई व्यवसाय सुरु गर्न प्रोत्साहन गरियो ।

नवप्रवर्तन गर्ने युवालाई सहयोग गर्न स्टार्टअप प्रोत्साहन अभियान अघि बढाइयो, जसले उनीहरूलाई आर्थिक सहायता मात्र होइन, बजारसम्मको पहुँच पनि उपलब्ध गरायो । त्यस्तै, वैदेशिक रोजगारी वा अन्य क्षेत्रमा अनुभव आर्जन गरेका युवालाई स्वदेशमै व्यवसाय सुरु गर्न प्रेरित गर्न रिटर्नी उद्यमी कार्यक्रम अघि सारियो, यद्यपि बिडम्बना, म पछिका सरकारले त्यसलाई निरन्तरता दिएन ।

यी सबै कार्यक्रम र योजनाहरू केवल कागजी घोषणामा सीमित भएनन्, बरु हजारौँ युवाको जीवनमा वास्तविक परिवर्तन ल्याउने अभ्यासको रूपमा समेत विकसित भए ।’ सन्देशमा थप भनिएको छ ।

यस्तो छ दाहालको शुभकामना सन्देश

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077