Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

मुलुकको युगिन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम छन् : राष्ट्रपति पौडेल

मुलुकको युगिन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम छन् : राष्ट्रपति पौडेल

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको भाग्य र भविष्य कोर्न जिम्मेवारी युवाहरूको काँधमा रहेको बताएका छन् ।

आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने जिम्मेवारी युवाहरुको काँधमा रहेको बताएका हुन् ।

उनले भने-'युगिन जिम्मेवारी पूरा गर्न तपाईंहरू सक्षम हुनुहुन्छ । उद्यमशिलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने यो समयको माग हो । विश्वव्यापीकरण र सूचना तथा प्रविधिको तीव्रतर विस्तारको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास सुशासन र समृद्धिको सपना पूरा गर्नु नै आजको मुख्य कार्यभार हो । उद्यमशिलता आर्थिक विकासको आधार हो ।'

उनले भने- 'युवाको विदेश पलायन रोकी उनीहरूलाई स्वदेशमै रोजगारीतर्फ आकर्षण गर्ने उद्यमशिलता विस्तार एवं प्रवर्द्धन गर्ने नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक छ।'

पौडेलले खेलकुद, मनोरञ्जन, सूचना प्रविधिसहितका उद्यमशिलताका विभिन्न क्षेत्रमा नेपाली युवाहरूले आफूलाई अब्बल घोषित गरिसकेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077