काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले रास्वपा सदनमा आएपछि संसद्को गरिमा बढेको बताएका छन् ।
आज रास्वपाको युवा विभागले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा समबोधन गर्दै अर्यालले स्वदेशमा मात्रै नभई विदेशमा बस्ने नेपालीले पनि रास्वपा संदनमा प्रवेश गरेपछि अहिले सुन्न, हेर्नलायक भएको बताउने उनको दाबी छ ।
उनले भने - 'राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो व्याख्या गरेजस्तो लाग्ला, तर हामीले रास्वपाको व्याख्या गर्न लागेको होइन । सदन अहिले सुन्न, हेर्नलायक भएको भनेर स्वदेशमा मात्रै होइन, विदेशमा बस्ने मानिसहरूले पनि भनिरहेको अवस्था छ। संघीयता आएको छ। नयाँ संविधान देशमा बनेको छ भने यसलाई कार्यान्वयन गर्ने बाटोमा जान आगामी पुस्तालाई हेरेर बौद्धिक नक्सा यस्तो कोर्नुपर्यो कि देश निर्माणका लागि ५० वर्षको नक्सा कोर्नुपर्छ ।'
अर्यालले नीति नियम, संघीयता र संविधानको कार्यान्वयनका आगामी पुस्तालाई लक्षित गरेर बौद्धिक नक्सा कोर्नुपर्ने समेत बताए ।