काठमाडौं । बाग्मती प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका १३ सांसद हेटौँडा पुगेका छन् ।
बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा समूहका सांसदहरू मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग निर्णायक छलफलका गर्न भन्दै प्रदेशसभामा प्रवेश गरेका हुन्।
छलफलबाट विश्वासको मत दिने/नदिने निर्णय हुनेछ ।
निर्णयको जिम्मा टिमका नेता बहादुरसिंह लामालाई दिइएर्को सांसद कुन्दन काफ्लेले जानकारी दिए ।
लामा पक्षका १३ सांसद हेटौँडामा रहे पनि ललितपुरका सांसद रामकृष्ण चित्रकार भने अमेरिका भ्रमणमा रहेका स्रोतले जानकारी दिएको छ ।