Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कर्मचारी खटनपटनमा गृहको कडाई : शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी

कर्मचारी खटनपटनमा गृहको कडाई : शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी

मंगलवार , श्रावण २७, २०८२

काठमाण्डौं । गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गैलकट्टी गरेको छ ।

गृहसचिव स्तरको निर्णयबाट एक शाखा अधिकृत र एक जना नायब सुब्बाको गैलकट्टी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

केही समय यता कर्मचारी खटनपटनमा कडाइ गरिरहेको गृह मन्त्रालयले नायब सुब्बा सुवास पौडेल र शाखा अधिकृत  दिनेश सिवाकोटीको गैलकट्टी गरिएको जनाएको छ ।

नायव सुब्बा पौडेलको गृहबाट जिल्ला प्रशासन कार्यालय गुल्मी सुरुवा भएको थियो । उनी त्यहाँ नगएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सरुवा भएर गएका थिए । मन्त्रायलले पौडेललाई ५१ दिन गैलकट्टी गरेर रमाना दिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी मन्त्रालयले इलाका प्रशासन कार्यालय चौरझारी रुकुम पश्चिम खटाएका शाखा अधिकृत दिनेश सिवाकोटीको ६१ दिन गैलकट्टी गरेको छ । सिवाकोटी रुकुमपश्चिम नगएर निर्वाचन आयोगमा सरुवा गराएका थिए ।

“ दुवै जना कर्मचारी खटाएका ठाउँमा नगएपछि मन्त्रालयले स्पष्टीकरण समेत सोधेको थियो,” गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख सहसचिव छवि रिजालले भने“ स्पष्टीकरण चित्त नबुझेपछि गैलकट्टी गरिएको हो ।”

त्यसैगरी मन्त्रालयले खटाएको कार्यालयमा हाजिर हुन थप ३५ जना कर्मचारीहरुलाई साउन २८ गते (भोली) सम्मको समय दिएको छ । मन्त्रालयले ३५ जना शाखा अधिकृत र एक जना नायव सुब्बा गरी ३५ जनालाई साउन २६ गते तीन दिनको समय दिएर खटाएको कार्यालयमा हाजिर हुन समय दिएको छ ।

“ तोकिएको तीन दिन भित्र तोकिएको ठाउँमा नगए निजामती सेवा ऐन÷नियम अनुसार कारबाही गरिनेछ,” महाशाखा प्रमुख रिजालले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077