Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रवि लामिछानेलाई काठमाडौं सार्न लिङ्देनको सुझाव

रवि लामिछानेलाई काठमाडौं सार्न लिङ्देनको सुझाव

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
सहकारी ठगीमा मुछिएका भैरहवा कारागारमा रहेका लामिछानेलाई लिङ्देनले मङ्गलबार दोस्रो पटक भेटेका हुन् ।

भेटमा सन्चो-बिसन्चोदेखि राष्ट्रिय राजनीतिसम्मका कुराकानी भएको लिङ्देनले जानकारी दिए । 'भेटमा सन्चो बिसन्चो, राष्ट्रिय राजनीति, संसद्को गतिविधि, रुपन्देहीमा हुने उपनिर्वाचनलगायत विविध पक्षमा कुराकानी भयो, लिङ्देनले भने।

लिङ्देनले लामिछानेलाई उनले रोजेको कारागारमै राख्न आग्रहसमेत गरेका छन्। देशको एउटा महत्त्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको छ, उनले फेसबूकमा लेखेका छन्।

उनले भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिकोणले अनुपयुक्त रहेको पनि बताए। साथै, उनले गृहमन्त्री रमेश लेखकलाई काठमाडौं सार्न आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077