तनहुँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैँ सहिदको उच्च सम्मान गर्ने बताएका छन् ।
सहिद कल्याण खनालको २३ औँ स्मृति दिवसको अवसरमा तनहुँको भिमाद नगरपालिका–६ मा आज आयोजित स्मृतिसभामा सभापति देउवाले यस्तो बताएका हुन् ।
उनले सहिदको योगदानकै कारण पार्टी आजको स्थितिसम्म आइपुगेको बताउँदै सहिदलाई कहिल्यै बिर्सन नहुने बताए ।
सभापति देउवाले भने, “पार्टीका लागि सहिद भएकाको परिवारलाई पार्टीले सधैँ हेर्छ। उच्च मूल्याङ्कन गर्छ।”