Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जेलेन्स्कीले गरे डोनबास छाड्ने प्रस्ताव अस्वीकार

जेलेन्स्कीले गरे डोनबास छाड्ने प्रस्ताव अस्वीकार

बुधवार , श्रावण २८, २०८२

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध विरामका लागि डोनबास रुसलाई दिने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन र जेलेन्स्कीका बीचमा शुक्रबार अलास्कामा हुन लागेको वार्ताको पूर्व सन्ध्यामा उनले यस्तो बताएका हुन् ।

रुसलाई डोनबास दिएमा त्यहीँ भाग भविष्यमा आक्रमण गर्नका लागि प्रयोग हुन सक्ने सम्भावना रहने जेलेन्स्कीले औँल्याए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति स्थापनाका लागि कुनै पनि भूभाग दिने कुरा हुनसक्ने बताए । वार्ताको तयारी भइरहेको समयमा पनि रुसी सेनाले आफूलाई अघि बढाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077