Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

आगामी चुनावसम्म यही राजनीतिक समीकरण कायम रहन्छ : प्रधानमन्त्री ओली

आगामी चुनावसम्म यही राजनीतिक समीकरण कायम रहन्छ : प्रधानमन्त्री ओली

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ०८४ सालको चुनावसम्म यही राजनीतिक समीकरण कायम रहने बताएछन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने- 'संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा यो सरकार बनेको हो। बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण केका लागि ? देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन, र हुन सक्दैन। म सबैलाई स्पष्ट पार्न चाहन्छु, अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ ।’

अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म समीकरण यसरी नै जाने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077