Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

दीपक बोहरा रास्वपाको सह–कोषाध्यक्षबाट किन हटाइए ?

दीपक बोहरा रास्वपाको सह–कोषाध्यक्षबाट किन हटाइए ?

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सह–कोषाध्यक्ष दीपक बोहरालाई पदबाट हटाउँदै अब केन्द्रीय सदस्य मात्र बनाएको छ ।

निर्वाचन आयोगमा अद्यावधिकका लागि दिएको निवेदनअनुसार बोहराको नाम सह–कोषाध्यक्षको सूचीबाट हटाई केन्द्रीय सदस्यको रूपमा मात्र राखिएको हो ।

यसअघि कार्यवाहक सभापति डीपी अर्यालले बोहरालाई सह–महामन्त्रीमा बढुवाको प्रस्ताव गरेका थिए ।

तर डा. तोसिमा कार्की, सोबिता गौतमलगायत नेताहरूले ‘महिलालाई दिइएको पदमा महिलालाई नै राख्नुपर्छ’ भन्दै विरोध गरेपछि प्रस्ताव रोकिएको थियो ।

सह–महामन्त्री पद सुमना श्रेष्ठले ‘एक व्यक्ति, एक पद’ को सिद्धान्तअनुसार राजीनामा दिएपछि रिक्त भएको थियो ।

पार्टी प्रवक्ता मनीष झाका अनुसार ‘एक जना मात्र सह–कोषाध्यक्ष राख्ने’ नीतिअनुरूप बोहरालाई पदबाट हटाइएको हो । हाल बसुमाया तामाङ मात्र सह–कोषाध्यक्षको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077