काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच आज कार्यगत एकता हुने भएको छ।
पहिचानको मुद्दामा संयुक्त सङ्घर्ष गर्नका लागि दुवै पार्टीबीच सहमति जुटेको हो ।
कार्यगत एकताको घोषणा आज दिउँसो २ बजे काठमाडौंमा हुने जनाइएको छ ।
जनता समाजवादी पार्टी, उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएर बनेको हो भने राष्ट्रिय मुक्ति पार्टी नेपाल महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट छुट्टिएर गठन भएको हो ।