Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कोशी प्रदेशमा विद्यादेवी भण्डारीको पक्षमा बोल्न रोक

कोशी प्रदेशमा विद्यादेवी भण्डारीको पक्षमा बोल्न रोक

बिहिवार , श्रावण २९, २०८२

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टी निर्णयको बर्खिलाप हुने गरी नबोल्न निर्देशन दिएको छ । मंगलबार र बुधबार धनकुटाको हिलेमा बसेको प्रदेश कमिटी बैठकमा केही नेताहरुलाई बोल्न दिइएको थिएन ।

बैठकमा ४२ जना सदस्यले आफ्नो धारणा राखे पनि केही सदस्यले पार्टी केन्द्रको निर्णय र साउन १२ मा जारी अन्तरपार्टी निर्देशन १२ को विपरीत विषय उठाउन खोजेकाले बोल्ने समय नदिइएको हो ।

यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेमा सक्रिय हुने चासो राखेपछि यस विषयमा पार्टीभित्र बहस गर्न खोज्नेहरूलाई रोक लगाइएको असन्तुष्ट नेताहरूले आरोप लगाएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले साउन १२ गते अन्तरपार्टी निर्देशन १२ जारी गर्दै केन्द्रका निर्णय र विभिन्न निर्देशन मातहतका कमिटीमा पठाएका थिए ।

बैठकले विधान महाधिवेशन समेट्नुपर्ने विभिन्न विषयमा सुझाव संकलन गर्नका लागि नेकपा एमाले कोशी प्रदेशले सचिव राजकुमार भण्डारीको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077