Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्य सम्पादन सम्झौता हुँदै

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्य सम्पादन सम्झौता हुँदै

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रीहरुको चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि कार्यसम्पादन सम्झौता हुँदैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गत वर्ष भदौ २७ गते यस प्रकारको कार्यसम्पादन सम्झौता भएको थियो ।‍

यस वर्ष झण्डै एक महिना अगाडि सम्झौता हुन लागेकाले वर्षभरी गरिने काम तथा सम्पादनलाई छिटो र प्रभावकारी बनाउन सम्झौता मुख्य आधार बन्ने प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरले जानकारी दिए ।‍

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता भएपछि मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग पनि कार्यसम्पादन सम्झौता गर्नुपर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077