काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका पूर्वमहामन्त्री देवेन्द्रकुमार यादवले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आज कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेर यादव कांग्रेस प्रवेश गरेका हुन्। यादवलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता कार्ड दिँदै पार्टीमा भित्र्याए।
तत्कालीन सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा) हुँदै लोसपाको महामन्त्री बनेका नेता यादव पछिल्लो समय राजनीतिमा सक्रिय थिएनन् ।