Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टीतेलको घट्यो

पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टीतेलको घट्यो

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौं । नेपाल आयल निगमले शनिबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थ नयाँ मूल्य आए पछि आयल निगमले मूल्य समायोजन गरेको हो ।

नयाँ दरअनुसार पेट्रोलको मूल्य पहिलो वर्गका लागि १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ।

यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४८ रुपैयाँ र तेस्रो वर्गका लागि १४९ रुपैयाँ निर्धारण गरिएको छ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा, सुर्खेत र दाङलाई दोस्रोमा र काठमाडौं, पोखरा तथा दीपायललाई तेस्रो वर्गमा वर्गीकृत गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077